घोरबन्दा कपको उपाधिका लागि आयोजक र सराई भिड्ने

पाल्पा | भदौ ३०, २०८०

घोरबन्दा कपको उपाधिका लागि आयोजक र सराई भिड्ने

पाल्पा:   पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक नव जागृती युवा क्लब (कालो) र सराई एफसी भिड्ने भएको छ ।

 

हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भगवती एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक टोलीले फाइनलमा सराई एफसीसँगको भेट पक्का गरेको हो ।

 

प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार आयोजकको जीतमा निश्चल थापामगर र निरज थापाले समान १/१ गोलको योगदान दिए भने भगवती एफसीको तर्फबाट सुरज श्रेष्ठले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए । 

 

पहिलो हाफको १३ औं मिनेटमा आयोजका कप्तान मनिक गाहामगरले फल गरेपछि रेड कार्डको शिकार बन्दै मैदानबाट बाहिरिए । 

 

उक्त अवसरमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भगवती एफसीले १ गोलको अग्रता बनाएको थियो । भगवती एफसीले आफ्नो अग्रतालाई पहिलो हाफमा जोगाएपनि दोस्रो हाफमा भने गुमाउन पुग्यो ।

 

आयोजक टोली १० खेलाडीमा सिमित रहेपनि निरज थापाले टिमको लागि पहिलो गोल गर्दै खेल बराबरीमा फर्काए ।

 

१–१ गोलको बराबरीमा रहेको अवस्थामा आयोजकले दबदबा सिर्जना गर्दै निश्चल थापामगरले निर्णायक गोल गर्दै अग्रतालाई दोब्बर बनाए । उनको त्यो गोल दोब्बर मात्रै बनेन । टोलीलाई उपाधि नजिक पुर्याउन योगदान दियो । सो खेलबाट निश्चल म्यान अफ द म्याचबाट पुरस्कृत भए । 

 

यसअघि बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सराई एफसीले जनकल्याण एफसीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ । 

 

प्रचारप्रसार संयोजक बिरबल रानामगरका अनुसार अब फाइनल खेल असोज १ गते हरितालिकाको दिन कोठीचौर खेलमैदानमा हुनेछ । 

 

प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५०  हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ ।

 

प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ  ।

 

आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्